| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
बंशजको नाताले नागरिकता प्रमाण पत्र प्रदान गर्ने कार्य |
|||||||||
|
अनुसूची १ फारममा स्थानीय तहको सिफारिस । बावु वा आमाको ना.प्र.प., सो नभए दाजु, भाई वा वंशज खुल्ने नजिकको नातेदारको ना.प्र.प. प्रतिलिपि, सो पनि नभए वंशज खुल्ने अन्य प्रमाण र सनाखत । तिन पुस्ता भित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित–पत्र । प्रमाण पेश गर्न नसक्नेहरुका लागि वंशजको नाताले ना.प्र.प.लिनु पर्दा नागरिकता प्रमाणपत्र विवरण कार्यविधि, २०६३ को अनुसुचि ३ वमोजिमको ढाँचामा सर्जमिन स्थलमै गरिएको सनाखत । विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतीतर्फको वंशज खुल्ने ना.प्र.प., विवाह दर्ता प्रमाण पत्र र सनाखत । जन्ममिति खुल्ने प्रमाण, शैक्षिक प्रमाण पत्र वा जन्मदर्ताको प्रमाण–पत्र । बसाइसराई गरी आउनेहरुको हकमा उपरोक्त प्रमाणहरुका अतिरिक्त बसाइसराई प्र.प., जग्गाधनी दर्ता प्र.प. लगायतका कागजातहरु । दुवै कान देखिने अटो साईजको फोटो –२ प्रति । |
स्थानिय तहबाट सिफारिस भएको अनुसूची १ र अन्य कागजात सहित झ्याल नं. १ र २ मा पेश गर्ने । |
||||||||
| 2 |
कर्मचारीको नाताले नागरिकता प्रमाण पत्र |
|||||||||
|
जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी, संस्थान वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण । र तोकिएको प्रमाणित अनुसूची फारम–२ । सम्बन्धित कार्यालयको सिफारिस पत्र । दुवै कान देखिने अटो साईजको फोटो –४ प्रति । पिता, आमा वा पतिको ना.प्र. सहित सनाखत । |
स्थानिय तहबाट सिफारिस भएको अनुसूची १ र अन्य कागजात सहित झ्याल नं. १ र २ मा पेश गर्ने । |
||||||||
| 3 |
वैवाहिक अंगीकृत नागरिकता |
|||||||||
|
अनुसूची ७ फारममा स्थानीय तहको सिफारिस । पतिको ना.प्र.प. र विवाह दर्ता प्र.प. प्रतिलिपि । विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण । पतिको सनाखत, पति नभए नजिकका नातेदारको सनाखत । दुवै कान देखिने अटो साईजको फोटो –२ प्रति । |
स्थानिय तहबाट सिफारिस भएको अनुसूची ७ र अन्य कागजात सहित झ्याल नं. १ र २ मा पेश गर्ने । |
||||||||
| 4 |
नेपाली नागरिकताको प्रतिलिपि |
|||||||||
|
तोकिएको ढाँचामा निवेदन । ना.प्र.प. नम्बर वा जारी मिति खुलेको प्रमाण । अन्य जिल्लाबाट ना.प्र.प. लिएकाको हकमा ती जिल्लाबाट अभिलेख प्राप्त भएपछि मात्र दिईनेछ । दुवै कान देखिने अटो साईजको फोटो –२ प्रति । |
कागजात सहित झ्याल नं. ५ मा पेश गर्ने । |
||||||||
| 5 |
नावालक परिचयपत्र |
|||||||||
|
निवेदन । स्थानीय तहको सिफारिस । बावु र आमाको ना.प्र.प. नक्कल र नाता प्रमाणित । जन्मदर्ता प्र.प. नक्कल । एस.एल.सी. वा कक्षा १० मा उत्तिर्ण भएमा शैक्षिक योग्यताको प्रमाण पत्र नक्कल फोटो ३ प्रति । |
कागजात सहित कोठा नं. १०३ (प्रशासन शाखा) |
||||||||
| 6 |
राहदानी आवेदन |
|||||||||
|
कार्यालयबाट लिनेको हकमा • अनलाइन विवरण भरेको फारामको प्रिन्ट कपी, • सक्कल नागरिकता लगायतका कागजात, • नावालकको हकमा नावालक परिचय पत्र सक्कल, • राहदानी च्यातिएको, केरमेट भएको वा भिजेकाको हकमा सक्कलै राहदानी । |
कागजात सहित कोठा नं. ११ |
||||||||
| 7 |
संस्था दर्ता |
|||||||||
|
अनुसूचीको ढाँचामा निवेदन सक्कल विद्यान ३ प्रति साधारण सभा गरेको निर्णय प्रतिलिपी कार्य समितिका पदाधिकारीहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपी कार्य समिति सदस्य संख्या बमोजिम साक्षीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी सम्बन्धित स्थानीय तहको सिफारिस पत्र प्रत्येक सदस्यको व्यक्तिगत विवरण प्रहरी प्रतिवेदन |
|||||||||
| 8 |
संस्था नविकरण |
|||||||||
|
संस्थाको आधिकारिक निवेदन । आन्तरिक राजश्व कार्यालयबाट कर क्लियरेन्स पत्र । लेखापरीक्षकको अडिर्टस अनुमती पत्रको प्रतिलिपि । स्थानीय तहको सिफारिस । लेखापरीक्षण र वार्षिक प्रगति प्रतिवेदन । समितिका पदाधिकारीहरुको बैठकको निर्णय । सक्कल प्रमाण पत्र । तोकिएको समयमा नविकरण नगरेमा थप जरिवाना लाग्नेछ । |
|||||||||
| 9 |
छापाखाना दर्ता |
|||||||||
|
घरेलु कार्यालयमा दर्ता भएको प्रमाणपत्रको नक्कल सहित निवेदन । छापाखाना सञ्चालन गर्न लाग्ने पुँजी (वैँक मौज्जाद वा धितो प्रमाणित कागजात) छापाखाना राख्ने स्थानीय तहको वा चारकिल्ला प्रमाणित सहितको सिफारिस । निवेदकको नागरिकताको नक्कल प्रति । |
|||||||||
| 10 |
हातहतियार खरिद इजाजत |
|||||||||
|
तोकिएको ढाँचामा रु. १० को टिकट टाँसी निवेदन । नागरिकता प्रमाणपत्रको प्रतिलिपी । अन्य बुझ्ने काम कार्यालयले गर्नेछ । |
|||||||||
| 11 |
हातहतियार इजाजत पत्र नविकरण |
|||||||||
|
सक्कल इजाजत पत्र संलग्न गरी रु. १० को टिकट टाँसी निवेदन । नवीकरण दस्तुर बुझाएको निस्सा । |
|||||||||
| 12 |
नामसारी (हातहतियार) |
|||||||||
|
मृतकको नामवाट नामसारी गर्नुपर्दा सरोकारवालाको मृतकसंग नाता खुलेको प्रमाण । मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपी हातहतियारको सक्कल इजाजत पत्र । आफ्नो नागरिकताको प्रमाणपत्रको प्रतिलिपी । स्थानीय तहको सिफारिस अन्य आवश्यक व्यहोरा कार्यालय बुझ्ने छ । मृत्यु भएको ६ महिना भित्र निवेदन र अंशियार एक जना भन्दा बढी भए हक दिएको मंजुरनामा । हातहतियार नामसारी गर्नुपर्दा तोकिएको ढाँचामा निवेदन दुवै पक्षको आ-आफ्नो ना.प्र.को प्रतिलिपी हातहतियारको सक्कल इजाजत पत्र तथा प्रतिलिपी |
|||||||||
| 13 |
जन्मको अधारमा ना.प्र. प्राप्तको सन्ततीको लागि |
|||||||||
|
अनुसूचि १ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय तहबाट दुवै कान देखिने हालसालैको फोटो समेत प्रमाणित आवेदन फाराम । आमार बाबुको नेपाली नागरिकताको नागरिकताकोप्रमाणपत्र । जन्म दर्ता प्रमाण पत्र सक्कल रप्रतिलिपि । पारिबारिक विवरण र फोटो टाँस गरेको नाता प्रमाणित । स्थायी बसोबास प्रमाणित (कहिलेदेखि कस्तो जग्गामा?) १६ बर्ष उमेर पुरा भएको र जन्मस्थान समेत खुलेको प्रमाण (जन्मदर्ताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणत्र) । सनाखतको लागि एकाघरका अभिभावक । स्पष्ट मुखाकृती (दुवैकान) देखिने हालसालै खिचिएको (२.५×३) CM साईजको स्तरीय फोटो २ प्रति (रातो Background नभएको) । विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाहदर्ता प्रमाणपत्र, घरपट्टीको एकाघरको सनाखत, माईतीपट्टीको एकाघरको नागरिकताको प्रमाणपत्र। बसाईसराईको हकमा बसाईसराई प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जा, नक्सापासको प्रमाण, पानी, विजुली, टेलिफोन महशुल कार्ड आदिको प्रमाण । पेश गरिएका नागरिकताहरूको आधिकारिकता CCIMS बाट वा सम्वन्धित जिल्ला बुझिने । उल्लेखित प्रमाणहरु पेश भएपछि स्थलगत प्रहरी सर्जमिन र अन्य थप प्रकृयाहरु अवलम्वनगरिने। |
स्थानिय तहबाट सिफारिस भएको अनुसूची १ र अन्य कागजात सहित झ्याल नं. १ र २ मा पेश गर्ने । |
||||||||
| 14 |
मुद्दा सम्बन्धी |
|||||||||
|
ठाडो उजुरी निबेदन सहित पेश हुनुपर्ने नागरिकता र पहिचान खुल्ने प्रमाण अन्य मुद्धाको हकमा कानुनको रित पुर्याइ । |
|||||||||
| 15 |
राष्ट्रिय परिचयपत्र व्यवस्थापन इकाई |
|||||||||
|
१. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल २. नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाण पत्र वा स्थानीय तहको सिफारिस ३. राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि ४. बसाई सराई गरेकाहरुको हकमा बसाइसाई प्रमाणपत्र ५. विवाहितको हकमा नागरिकतामा पति पत्नीको नाम उल्लेख नभएमा विवाहदर्ता प्रमाणपत्र अनिवार्य । |
राष्ट्रिय परिचयपत्र फाराम सहित कोठा नं. ०९ मा सम्पर्क गर्ने |
||||||||
| 16 |
कुनै व्यहोरा प्रमाणित सम्बन्धि |
|||||||||
|
१. व्यहोरा खुलेको रितपुर्वको निवेदन । २. स्थानिय तहको किटानी सिफारिस तथा प्रहरी सर्जमिन मुचुलका । ३. माग भएको व्यहोरा पुष्टि गर्ने प्रमाण कागज । |
|||||||||