Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रौतहट

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रौतहट

शुक्रबार, जेष्ठ २९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)।

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्लाको परिचय

2076-05-27

2076-05-27


जिल्लाको सामान्य परिचय

रौतहट नेपालको मधेश प्रदेशको दक्षिण-पूर्वी तराई क्षेत्रमा अवस्थित जिल्ला हो । यस जिल्लाको पूर्वमा सर्लाही, पश्चिममा बारा, उत्तरमा मकवानपुर र दक्षिणमा भारतको बिहार राज्यको सितामढी जिल्ला र पूर्वी-चम्पारण जिल्ला पर्दछ । समुद्र सतहबाट १२२ मिटर देखि २४४ मिटर सम्मको उचाईमा अवस्थित रौतहट जिल्लाको क्षेत्रफल १,१२६ वर्ग-किलोमिटर (१,०३,७०९ हेक्टर) छ । रौतहट जिल्लाको सदरमुकाम गौर हो । नेपालको मधेश प्रदेशमा अवस्थित यस जिल्लामा साविकमा ८४ वटा गा.वि.स. र ३ वटा नगरपालिका कायम रहेकोमा हाल स्थानिय निकाय पुन संरचना अनुसार यस जिल्लामा १६ वटा नगरपालिका र २ वटा गाउँपालिका कायम भएका छन् ।

रौतहट नेपालको मध्य तराईमा पर्ने जिल्ला हो । विविध आर्थिक, सामाजिक तथा सांस्कृतिक विशेषता र सम्भाव्यता बोकेको यो जिल्ला उत्तर-दक्षिणतर्फ २६˚४४' देखि २७˚१४' अक्षांशर८५˚१४' देखि८५˚३०' सम्मको पूर्वी देशान्तरमा फैलिएको छ । उष्ण तथा समशितोष्ण हावापानी रहने यस क्षेत्रमा वर्षा २१२५ मिलिमिटर सम्म हुन्छ । यस जिल्लाको पूर्वमा सर्लाही जिल्लासंग बागमति नदीले, पश्चिममा बारा जिल्लासंग धनसर तथा अडुवा खोला, उत्तरमा मकवानपुर जिल्लासंग चुरे श्रृंखलाले र दक्षिणमा छिमेकी देश भारतको उत्तर-राज्य विहारको बैरगनियाँले सिमाना निर्धारण गरेको छ ।

वि.स. २०७८ को जनगणना अनुसार नेपालको कुल जनसंख्या २,९१,६४,५७८ को २.८% अर्थात ८,१३,५७३ जना बसोबास गर्दछन् । यस मध्ये पुरूषको संख्या ४,०८,४१३.६ (५०.२%) तथा महिलाको संख्या ४,०५,१५९ (४९.८%) रहेको छ । यस जिल्लामा परिवार संख्या १,३७,०३२ घरधुरी बसोबास गर्दछन्,  परिवारको औसत आकार ५.९४% व्यक्तिरु प्रति घरपरिवार रहेको छ । लैंगिक अनुपात १००.८०, जनघनत्व ७२३  व्यक्तिहरु प्रतिवर्ग कि.मि. र वार्षिक जनसंख्या वृद्धिदर १.६३% रहेको छ, साक्षरता ५७.८%  रहेको छ । क्षेत्रफलको दृष्टिले रौतहट मधेश प्रदेशको दोश्रो सानो जिल्ला हो । यस जिल्लाको १० प्रतिशत क्षेत्रफल जंगलले ओगटेको छ ।

भौगोलिक अवस्थिति

अक्षांश

२६°  ४४ '  देखी    २७°  १४ '   उत्तरी अक्षांश

देशान्तर

८५°  १४ '  देखी    ८५°  ३०'    पुर्वी देशान्तर

पूर्व                              

सर्लाही जिल्ला

पश्चिम

बारा जिल्ला

उत्तर

मकवानपुर र सिन्धुली जिल्ला

दक्षिण

भारतको विहार राज्यको सितामढी र पूर्वी चम्पारण (सितामढी) जिल्ला

उचार्इ

समुद्र सतहबाट १२२ मिटर देखि २४४ मिटर सम्म

स्थानीय तह

१८ वटा ( १६ वटा नगरपालिका, २ वटा गाँउपालिका )

कुल क्षेत्रफल

१,१२६ वर्ग कि.मि. (१,१२,६०० हेक्टर)

पुर्व पश्चिम लम्बाई-औसत

३०   कि.मी.   पुर्व-पश्चिम

उत्तर दक्षिण चौडाइ –औसत

३३   कि.मी.   उत्तर-दक्षिण

राजमार्गको लम्बाई

२७   कि.मी.

भारतसंग जोडिएको सिमानाको

३२   कि.मी.

जिल्ला सदरमुकाम

गौर

कुल जनसंख्या

८,१३,५७३ मध्ये महिला - ४,०५,१७० जना,पुरुस - ४,०८,४०३ जना ( राष्ट्रिय जनगणना २०७८ अनुसार )

हावापानी

उष्ण समशितोष्‍ठ

टेलिफोन कोड

०५५

भाषा

बजिका ६०.३%, उर्दु १९.३%, नेपाली ६.१%, भोजपुरी ४.३%, थारु ३.३%, मैथिली ३.०%, तामाङ्ग १.७%

जाती

मुस्लिम, यादव, थारु, मल्लाह, ब्राह्मण, भुमिहार, डोम, चमार, ठाकुर, बनिया

धर्म

ईश्लाम, हिन्दु, बौद्ध, ईसाइ

मुख्य चाडपर्व

छठ, होली, तिहार, दशैं, रमजान, ईद

मुख्य आर्थिक केन्द्रहरु

गौर, चन्द्रनिगाहपुर, गरुडा

पछिल्लो अपडेट गरिएको : 2083-02-05 08:54:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रौतहट .