जन्मको अधारमा ना.प्र. प्राप्तको सन्ततीको लागि
शुल्क
रु१० को हुलाक टिकट
लाग्ने समय
प्रमाण पुगेको खण्डमा सोही दिन
कागजातहरु
- अनुसूचि १ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय तहबाट दुवै कान देखिने हालसालैको फोटो समेत प्रमाणित आवेदन फाराम ।
- आमार बाबुको नेपाली नागरिकताको नागरिकताकोप्रमाणपत्र ।
- जन्म दर्ता प्रमाण पत्र सक्कल रप्रतिलिपि ।
- पारिबारिक विवरण र फोटो टाँस गरेको नाता प्रमाणित ।
- स्थायी बसोबास प्रमाणित (कहिलेदेखि कस्तो जग्गामा?)
- १६ बर्ष उमेर पुरा भएको र जन्मस्थान समेत खुलेको प्रमाण (जन्मदर्ताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणत्र) ।
- सनाखतको लागि एकाघरका अभिभावक ।
- स्पष्ट मुखाकृती (दुवैकान) देखिने हालसालै खिचिएको (२.५×३) CM साईजको स्तरीय फोटो २ प्रति (रातो Background नभएको) ।
- विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाहदर्ता प्रमाणपत्र, घरपट्टीको एकाघरको सनाखत, माईतीपट्टीको एकाघरको नागरिकताको प्रमाणपत्र।
- बसाईसराईको हकमा बसाईसराई प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जा, नक्सापासको प्रमाण, पानी, विजुली, टेलिफोन महशुल कार्ड आदिको प्रमाण ।
- पेश गरिएका नागरिकताहरूको आधिकारिकता CCIMS बाट वा सम्वन्धित जिल्ला बुझिने ।
- उल्लेखित प्रमाणहरु पेश भएपछि स्थलगत प्रहरी सर्जमिन र अन्य थप प्रकृयाहरु अवलम्वनगरिने।
प्रक्रियाहरु
स्थानिय तहबाट सिफारिस भएको अनुसूची १ र अन्य कागजात सहित झ्याल नं. १ र २ मा पेश गर्ने ।
