2077-06-02
2077-06-02
मिति २०७७/०४/३० गतेका दिन कोभिड-१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समिति र जिल्लास्तरिय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र रौतहटको संयुक्त बैठकबाट भएको निर्णयानुसार श्री जय किसान पोलिटेक्निक इन्ष्टिच्यूट धरहरीमा ३०० बेडको आइसोलेसन सेन्टर तयार भई संचालनमा रहेको तथा सोही बैठकको निर्णयानुसार गौर अस्पतालमा स्थानीय तहको सहयोगमा समेत RT-PCR Lab स्थापना गरि संचालनमा ल्याउने निर्णय पश्चात आइसोलेशन सेन्टर, RT-PCR Lab संचालन एवं व्यवस्थापनका लागि हालसम्म जिल्लाका १३ वटा स्थानीय तह (माधवनारायण, परोहा, कटहरिया, गढीमाई, बृन्दावन, बौधीमाई, गरुडा, फतुवा विजयपुर, राजदेवी, गौर, गुजरा, राजपुर) ले रु. ५ लाखका दरले सहयोग रकम गौर अस्पताललाई उपलब्ध गराइसकेको र आज मिति २०७७/०६/०२ गतेका दिन गौर अस्पतालमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबैको एकीकृत प्रयासवाट PCR Lab स्थापना भै प्रदेश नं. २ का सामाजिक विकास मन्त्री माननीय नवलकिशोर साह ज्यूवाट उक्त PCR Lab को समुद्घाटन भै सेवा संचालनमा आएको ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रौतहट
Powered By: ProActive Developers