जिल्ला प्रशासन कार्यालयको प्रमुख कार्यहरु
जिल्ला प्रशासन कार्यालयका प्रमुख कार्यहरु निम्नानुसार छन
- जिल्लामा शान्ति सुरक्षा र अमन चयन कायम राख्ने
- राष्ट्रिय अनुसन्धानसँगको समन्वयमा सूचना संकलन एवं विश्लेषण
- जिल्लाका प्रहरी अधिकृत तथा जवानहरुलाई नियन्त्रण र निर्देशन गर्ने
- हातहतियार खरखजाना नियन्त्रण नियमन सम्बन्धी कार्य गर्ने
- विस्फोटक पदार्थ नियन्त्रण नियमन सम्बन्धी कार्य गर्ने
- सार्वजनिक स्थानमा अवान्छनीय क्रियाकलाप रोकथाम र सार्वजनिक अपराध आदिको नियन्त्रण गर्ने
- प्रचलित नेपाल कानूनले तोके अनुसारका मुद्दा मामिलामा आवश्यक कारवाही गर्ने
- कारागार प्रशासन एवं कारागारको सुरक्षा व्यवस्था मिलाउने
- नागरिकता दिने र सो सम्बन्धी कारवाही चलाउने
- मूल्य नियन्त्रण गर्ने कृत्रिम अभाव जमाखोरी अनुचित लाभ गर्न नदिने र दैनिक उपभोग्य वस्तुको आपूर्तिको प्रवन्ध मिलाउने
- संघ-संस्था पत्रपत्रिका छापाखाना नियमन सम्बन्धी कार्य गर्ने
- दैवी प्रकोपमा परेकाहरुको उद्धार र राहतको व्यवस्था मिलाउने मिलाउन लगाउने
- जिल्लाभित्र रहेका सरकारको सम्पत्तिको रेखदेख नियन्त्रण मर्मत संभार आदि कार्य गर्ने
- भ्रष्टाचार नियन्त्रण(रोकथाम)र सजाय सम्बन्धी काम गर्ने
- नेपाल सरकारको तर्फबाट हुने जिल्लास्थित कार्यमा प्रतिनिधित्व गर्ने
- नेपाल सरकारले समय-समयमा तोकेको र दिएको निर्देशन अनुरुपको कार्य गर्ने गराउने
- विभागीय एवं तालुक निकायको परिपत्रको संयोजन कार्यान्वयन
- जिल्लाभित्र संचालित विकास आयोजनाको रेखदेख समन्वय र सहयोग पुर्याउने
- जिल्लास्थित सरकारी कार्यालयहरुको निरीक्षण गरी त्यसको प्रतिवेदन सम्बन्धित निकायमा पठाउने
- मुआब्जा निर्धारण सम्बन्धी कार्य गर्ने
- घरभाडा निर्धारण सम्बन्धी कार्य गर्ने
- विदेशी नागरिकको जिल्लामा उपस्थिति उपर रेखदेख र नियन्त्रण गर्ने
- सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन
- स्थानीय प्रशासन सम्बन्धी कार्य गर्ने
- आप्रवास सम्बन्धी काम गर्ने
- चिठ्ठा जुवा आदि नियन्त्रण नियमन गराउने
- अध्यागमन र शरणार्थी सम्बन्धी तोकिएको काम गर्ने
- लागू औषध नियन्त्रण सम्बन्धी काम गर्ने
- धर्मपुत्र/धर्मपुत्री सम्बन्धी कार्य गर्ने
- कल्याण धन र बेवारिसे धनको व्यवस्था
- निर्वाचन सम्बन्धी कार्य गर्ने
- जीउ मास्ने बेच्ने कार्य नियन्त्रण गर्ने क्रममा आवश्यक काम गर्ने
- तस्करी नियन्त्रण गर्ने
- नाबालक असहाय बालबालिकाको संरक्षण गर्ने
- बाल कल्याण तथा बाल अधिकार संरक्षण
- विवाह दर्ता सम्बन्धी कार्य गर्ने
- जिल्लास्थित कार्यालयहरुको बीच समन्वय गर्ने
- सभा समारोहको प्रवन्ध मिलाउने
- सामाजिक संघ संस्था स्कूल कलेज स्वास्थ्य निकाय आदिलाई आवश्यक सहयोग पुर्याउने
- जिल्लास्थित प्रख्यात र कुख्यात व्यक्तिहरुको अभिलेख राख्ने
- मदिरा नियन्त्रण सम्बन्धी कार्य गर्ने
- जिल्लास्थित राजनीतिक दलहरुबीच सहज र मैत्री सम्बन्ध बनाउने
- कार्यालय प्रमुखको बैठक गरी जिल्लामा भै रहेका कार्य र समस्याको निराकरणको लागि निकास खोज्ने
- लोक सेवा आयोगबाट अधिकार प्रत्यायोजन भए बमोजिम पदपूर्ति सम्बन्धी काम गर्ने
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रत्यायोजित अधिकार अनुसारको छानविन सम्बन्धी कार्य
- जिल्लामा ज्यालादररेट निर्धारण सम्बन्धी कार्य गर्ने
- जनगुनासोका सम्बन्धमा छलफल गराई समस्याको समाधान खोज्ने
- जिल्लामा दिनै पिच्छे घटेका घटनाहरुकी अभिलेख तयार गरी घटनाको महत्व अनुसार दैनिक/मासिक प्रतिवेदन मन्त्रालयमा पठाउने
- द्वन्द्व प्रभावितको पहिचान र राहत वितरण
- अन्य कुनै मन्त्रालयलाई नतोकिएको नेपाल सरकारको कुनै काम
