नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
रौतहट


  

  • राहत बितरण, मृतक र बेपताको विवरण २०७४-५-१०

    २०७४.४.२६ गते देखि परेका वर्षाका पानीले यस जिल्लामा क्षति पुर्याएको स्थानमा राहत बितरण तथा मृतक, बेपता र घाइतेको विवरण यसै साथ संलग्न छ.

  • यस जिल्लामा क्षति भएको अवस्था २०७४-५-२

    चन्द्रपुर ना.पा., गुजारा र वृन्दाबन गाउँपालिकामा सामान्य क्षति भएको तथा अन्य गाउँपालिका र नगरपालिकाहरुमा सामान रुपले बढी क्षति भएको छ

  • बाढीमा भएको राहत बितरणको विवरण २०७४-४-३१

    २०७४.४.२६ गते हाल सम्म परेको बर्षाका पानीले रौतहट जिल्लामा क्षति पुर्याएको स्थानमा २०७४.४.३१ गते सम्म राहत वितरण गरेको विवरण, मृतक तथा बेपता को विवरण

  • मिति २०७४/४/२६ गते कार्यालय निरिक्षण २०७४-४-२६

    जिल्ला प्रशासन कार्यालय रौतहटबाट मिति २०७४.४.२६ गते बिहान १०:१५ बजे पछी प्रशासकीय अधिकृत सहितको टोलीबाट कार्यालय निरीक्षण हुँदा देहायका कर्मचारीहरु अनुपस्थित रहेको पाइयो .

  • द्धन्दकालमा राहत पाएका व्यक्तिको विवरण २०७४-४-२४

    द्धन्दकालमा (२०५२।११।१ देखि २०६३।८।५ सम्म) मा मृत्यु वरण गरेका, वेपता पारिएका व्यक्ति, प्रहरी र सेनाका नजिकका हकदारले राहत रकम भुक्तानी पाएको विवरण तथा सो समयमा विस्थापित भएका व्यक्तिहरुले राहत रकम भुक्तानी पाएको विवरण

  • राहदानी वितरण २०७४-४-१९

    रसिद नं॰ ५७७४ देखी ६०३४ सम्मको राहदानी वितरण भई रहेको व्यहोरा अनुरोध छ ।

  • वार्षिक प्रगति विवरण २०७४-४-१९

    आर्थिक वर्ष २०७३।०७४ मा भए गरेका कामको वार्षिक प्रगति विवरण

  • जेष्ठ महिनाको नागरिकता तथा राहदानी विवरण २०७४-३-४

    यस कार्यालयवाट २०७४ जेष्ठ मसान्तमा बंशज नागरिकता - ७८७,  बैवाहिक अंगिकृत नागरिकता -६९, प्रतिलिपी नागरिकता - ४२७, जिल्लावाट राहदानीको सिफारीस -५५७,  द्रुत सेवाको राहदानी सिफारीस -१९०  र राहदानी वितरण -४०२ रहेको 

  • कम्प्यूटरवाट नागरिकता वितरण २०७४-१-५

    २०७३ सालमा  यस जिल्लामा रहेको गरुडा ईलाका प्रशासन कार्यालय तथा चन्द्रनिगाहपुर ईलाका प्रशासन कार्यालयमा कम्प्यूटरवाट नागरिकता वितरणको शुभारम्भ भयो ।

  • कार्यालय प्रमुखको बैठकमा भएको निर्देशन २०७४-१-५

    प्रमुख जिल्ला अधिकारी श्री उद्धव बहादुर थापाज्युले कार्यालय प्रमुखको बैठकमा सम्पूर्ण् कार्यालयका कर्मचारीहरुलाई कर्मचारी पोशाक र परिचयपत्र लगाई काम काज गर्न निर्देशन दिनु भयो साथै कार्यालय समयमा आई सेवाग्राहीको काम छिटो र सजिलो तरिकावाट गर्न समेत निर्देशन दिनुभयो ।

  • कार्यालय निरिक्षण २०७४-१-५

    २०७३ चैत्र मसान्तमा प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाज्युले रौतहट जिल्ला स्थित करदाता सेवा कार्यालय, जिल्ला शिक्षा कार्यालय, सिचाई डिभिजन कार्यालय, जिल्ला हुलाक कार्यालय, विधुत प्राधिकरण, भूमी सुधार कार्यालय रौतहटको निरिक्षण गर्नु भयो ।

  • नागरिकता तथा राहदानी वितरण २०७३-१२-२२

    यस कार्यालयवाट २०७३ फाल्गुन मसान्तमा बंशज नागरिकता - ५९१,  बैवाहिक अंगिकृत नागरिकता -६८, प्रतिलिपी नागरिकता - ३२९, जिल्लावाट राहदानीको सिफारीस -३५७,  द्रुत सेवाको राहदानी सिफारीस -११७ र राहदानी वितरण -४०० रहेको         

  • गौर देखि चन्द्रनिगाहपुर वृक्षारोपण कार्यक्रम २०७३-८-१८

    मिति २०७३।०८।१० गते कर्मचारी मिलनकेन्द्र, रौतहटका संरक्षक तथा प्रमुख जिल्ला अधिकारि श्री नरहरि बराल ज्यु तथा विभिन्न सरकारी कार्यालयका कर्मचारी संलग्न बनभोज कार्यक्रममा घोषणा गरिए अनुसार यस जिल्लामा रहेका इन्द्रबक्स गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय, जिल्ला विकास समितिको कार्यालय, गौर नगरपालिका, चन्द्रपुर नगरपालिका, गरूडा नगरपालिका, जिल्ला वन कार्यालय, जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू, स्थानीय राजनैतिक दलका प्रतिनिधिहरू लगायतका व्याक्तिहरूको सहयोगमा गौर देखि चन्द्रनिगाहपुर सम्म करिब ४२ किमी सडकको दुबैतर्फ वृक्षारोपण कार्यक्रम गर्ने सहमति भए अनुसार प्रमुख जिल्ला अधिकारी ज्यु लगायत बाट मिति २०७३।०८।१८ गते दिनको ११ बजे गौर नगरपालिका स्थित बिपी चौकबाट बृक्षारोपण…

  • शितलहर सम्बन्धि वैठक २०७३-८-१८

              २०७३।८।१६ गते विहिबारका दिनको १ बजेको समयमा प्रमुख जिल्ला अधिकारि श्री नरहरी बराल ज्युको अध्यक्षतामा रौतहट जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, राजनितीक दलका प्रतिनिधि, नागरिक समाज, विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय, रौतहटका प्रजिअ कार्यकक्षमा शितलहर सम्बन्धि पूर्वतयारी वैठक बस्यो । सो बैठकमा शितलहर प्रभावित ब्याक्तिहरूलाइ रेडक्रस, युनिसेफ लगायत नगरपालिका, जिविस ले कम्बल लगायत न्यानो कपडा वितरण गर्ने, जिल्ला पशुसेवा कार्यालय, कृषिविकास कार्यालयले अफ्नो विषयगत क्षेत्रमा शितलहर सम्बधि कार्यक्रम गर्ने र जिल्ला वन कार्यालयले नगर तथा गाउका विभिन्न चौकहरुमा आगो ताप्नका लागि मुढा वितरण गर्ने निर्णय भयो ।

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय